२०८३ कार्तिक १४ गते शुक्रबार

इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिवद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
photo-6_2b2ec424

इलाम। इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भेषराज आचार्यले चुनावी अभियानलाई तिब्रता दिएका छन्। आधिकारिक उम्मेदवारको टुंगो लागेसँगै गाउँ छिरेका आचार्य टोलीसहित घरदैलो गरिरहेका छन्।

चार दशक सक्रिय राजनीतिमा विताएका आचार्य हालसम्म राज्यको लाभको पदमा पुगेका छैनन्। उनको पार्टी नेतृत्व र संसद छिर्ने प्रयास पनि असफल हुँदै आएको छ। तर, यस पटक जसरी भएपनि संघीय संसद छिर्नेगरी मतदाताको मन जित्ने प्रयासमा छन्।

आफूसँग मतदातासँग सहजै उपलब्ध हुने बताउँदै उनले इलाममै बसौं बसौं लाग्नेगरी काम गर्ने पनि प्रतिवद्धता जनाएका छन्। पार्टीपंक्ती सबैको साथ पाएका आचार्यले आफ्नो माहोल सकरात्मक भएको प्रतिक्रिया दिए। बस्नयोग्य, लगानीमैत्री, समुन्नत इलामको परिकल्पना गर्दै पूर्वाधार क्षेत्रको योजनावद्ध विकासमा काम गर्ने पनि जनाएका छन्।

आचार्यले गाउँमा नै रोजगारी, गाउँमा नै धन, स्वदेशमा नै उद्यम युवाको मन, पर्यटकीय क्षेत्रमा दीर्घकालिन सोच, पर्यटनस्थल आयको स्रोत, इलामलाई शैक्षिक हब बनाउने, इलाममै उपचार, इलामबासीको अधिकार, पारदर्शी नीति,विधीको शासन, सेवाग्राही मैत्री झन्झटमुक्त प्रशासनलगायतका एजेन्डाहरु अघि सारेका छन्।

यता, मुख्य प्रतिस्पर्धीका रुपमा रहेको एमाले वंश र विरासतको राजनीति जोगाउने कसरतमा छ। उक्त दलबाट सुहाङ नेम्बाङ उम्मेदवार छन्। उनी एमालेका तत्कालीन नेता एवं पूर्वसभामुख स्व.सुवास नेम्बाङका पुत्र हुन्। पार्टीले पूर्वसभामुख नेम्बाङको निधनपछि सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो। उनको जितमा तत्कालीन माओवादी निर्णायक बनेको थियो।

तर यस पटक आचार्य बलियो रुपमा प्रस्तुत भएका छन्। कांग्रेस एकढिक्का भएर चुनावमा होमीएको कांग्रेस इलाम सचिव निरोज खड्गीले बताए। घरदैलोका क्रममा आचार्यले जिल्लाको विकासमा बाधक रहेका ऐन तथा नीतिहरुको सुधारका लागि मतदाताहरुको परामर्शमै संसदमा आवाज उठाउने बताउँदै आएका छन्।

निष्ठा, आदर्श र कुशल संगठकको परिचय बनाएका उनी चार दशकयतादेखि नेपाली कांग्रेसको सक्रिय राजनीति रहेका उनी लोकतन्त्र, सामाजिक न्याय र जिल्लाको समग्र विकासमा अहोरात्र क्रियाशील छन्। २०३३ बाट नेविसंघमा क्रियाशील भएका उनी ०४२ सालदेखि पार्टी राजनीतिमा लागेर जीवन्त भूमिका निर्वाह गरिरहेका छन्।

०४८ सालदेखि महासमिति सदस्य र पटक पटक महाधिवेशन प्रतिनिधिको भूमिकामा रहेका भेषराजले नेपाली कांग्रेसका बौद्धिक र इमानदार नेताको परिचय स्थापित गराएका छन्। कांग्रेसभित्र मात्र नभइ अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुका लागि आदर्श बनेका उनी यस पटक संघीय संसद छिर्ने दौडमा छन्।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०२:०८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना