२०८३ कार्तिक १२ गते बुधबार

खामेनीको मृत्युपछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
photo_ba929ffc

काठमाडौं। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो।

खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ। सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ। यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ।

खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए। उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा सत्तामा आएका थिए। उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए।

आधिकारिक फारसी सामाजिक सञ्जाल खातामा पवित्र कुरआनको एउटा आयत उल्लेख गर्दै उनको निधनलाई राष्ट्रको सार्वभौमिकताका लागि अन्तिम बलिदानका रूपमा चित्रण गरिएको छ।

यसअघि इजरायली सञ्चारमाध्यमले इरानी स्रोतलाई उद्धृत गर्दै अमेरिकी–इजरायली आक्रमणमा खामेनीकी छोरी, नाति, बुहारी र ज्वाइँको पनि मृत्यु भएको उल्लेख गरेका थिए ।

यसबीच इरानका विभिन्न शहरहरूमा केही समूहले उत्सव मनाएको खबर बाहिरिएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही स्थानमा शासनविरुद्ध नाराबाजी गरिएको र सडकमा निस्केर खुसीयाली मनाइएको दृश्य सार्वजनिक भएका छन्।

इरानी अधिकारकर्मी तथा पत्रकार मसीह अलिनेजादले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उक्त घटनालाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरेकी छन्। निर्वासित युवराज रेजा पहलवीले इरानीहरूलाई एकताबद्ध भई स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमणको समर्थन गर्न आह्वान गरेका छन्।

उनले वर्तमान शासनले नयाँ उत्तराधिकारी नियुक्त गर्ने प्रयास असफल हुने दाबी गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनताका लागि न्यायको संज्ञा दिएका छन्।

उनले मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म लक्षित आक्रमण जारी रहने बताएका छन्। युद्धको अवस्थाबीच नयाँ सर्वोच्च नेता चयन प्रक्रिया चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। भावी नेतृत्व धार्मिक प्रतिष्ठानको नियन्त्रणमा रहने वा इस्लामिक क्रान्तिकारी सुरक्षा संरचनाको प्रभाव बढ्ने भन्ने विषयले इरानको राजनीतिक भविष्यप्रति चासो बढाएको छ। एएनआई

प्रकाशित: २०८२ फाल्गुण १७ गते आईतबार ११:१७
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना