काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर लहर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ–१ बाट विजयी खाता खोलेको छ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने)ले मतसहित नेपाली कांग्रेसका प्रवल थापालाई ५ हजार ८४८ मतान्तरले पराजित गरेकी हुन्। औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।
रञ्जुले १० हजार ५८१ मत पाउँदा थापाले ४ हजार ७३३ मत प्राप्त गरे।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २ हजार ७४४ मत ल्याए।
