२०८३ कार्तिक १३ गते बिहिबार

ड्रागन फल बेच्न बजार खोज्दै कृषक

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ ३२
dragon-fruit
ड्र्यागन फल खेती (फोटोः कृषि जागरण)

पथरी – पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिए पनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।

विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन्। ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए। नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरुको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्। ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। एक पटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन्। नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन्।

एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन्। यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन। ‘कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्’, उनले भने।

यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए। अघिल्लो वर्ष फार्ममै प्रतिकिलो सात सय ५० मा बिक्री भएको फल यस वर्ष पाँच सयमा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ।

यसै ड्रागन खेती गर्दै आएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँ५छन्। ड्रागन खेतीबारे विज्ञताको कमि र यसको औषधिसम्बन्धी ज्ञान नभएका कारण रोग लाग्ने समस्या देखिएको छ। साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ। साना र ठूला किसान एकै ठाउँमा सङ्गठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ।

प्रकाशित: २०८० जेठ ३२ गते बिहिबार १२:३१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड कृषि अनुदान वितरण, दुरुपयोग गर्नेलाई कारबाही गरिने

काठमाडौँ - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार...

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै   

बागलुङ– जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्। खुट्टा...

राजनीतिमा रस पसेन, कृषिबाट चिनिए गुप्तप्रसाद

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए। त्यसपछि उनले राजनीतिमा मन लगाएनन्। रेग्मीको मन वैदेशीक...

कृषि पढ्ने विद्यार्थी नपाएपछि विश्वविद्यालयलाई तनाव

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन्। पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी...

वैदेशिक रोजगारीबाट फर्किएकालाई कुखुरा र बाख्रा पालनमा आकर्षण

बलेवा (बागलुङ) – जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा २०७९–०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या वृद्धि भएको हो। गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना