काठमाडौँ: झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।

हालसम्म ७ हजार ६ सय ५१ मत गणना हुँदा बालेन नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीभन्दा चार गुणा बढी मतले अगाडि रहेका छन्। एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन्।

यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएका छन् भने नेपाली कांग्रेसकी मन्दरा चिमोरियाले १८५ प्राप्त गरेकी छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रञ्जित तामाङलाई १२९ रम प्राप्त गरेका छन्।