काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उछाल देखिएको छ। प्रत्यक्षतर्फ एक सिट जितेर अन्य १२ क्षेत्रमा लगभग जित नजिक पुगेको तथा अन्य क्षेत्रमा पनि अग्रता फराकिलो बनाइरहेको देखिन्छ।
हालसम्मको परिणामअनुसार रास्वपा प्रत्यक्षतर्फ ९३ क्षेत्रमा अगाडि छ। यसले रास्वपालाई स्पष्ट रूपमा पहिलो शक्ति बनाएको संकेत गर्छ।कांग्रेसले एक सिट जित्दै अन्य १० सिटमा अग्रता कायम गरेकोमा एमालेले र नेकपाले ९ क्षेत्रमा अग्रता बनाएको छ। राप्रपा र श्रम संस्कृति एक/एक क्षेत्रमा अग्रता लिएका छन् भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार अगाडि छन्। मधेशवादी दलको अग्रता देखिन्न।
प्रत्यक्षतर्फ अभूतपूर्व उछाल देखिएको रास्वपाले समानुपातिकतर्फ पनि लिड गरिरहेको छ। प्रारम्भिक परिणामअनुसार रास्वपाले ६ हजार ६०५ मत पाउँदा कांग्रेसले पाएको मत २ हजार १३० रहेको छ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भन्दा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ पाएको मत ज्यादा छ।
राप्रपाले १ हजार १३ मत पाउँदा एमालेले ६०७ र नेकपाले १३३ मत पाएको छ।
श्रम संस्कृति पार्टीको २३२, राष्ट्रिय परिवर्तन पार्टीको १३३, नेपाल जनता संरक्षण पार्टीको ५८, नेपाल मजदुर किसान पार्टीको ३३ र गतिशील लोकतान्त्रि पार्टीको ३२ मत रहेको छ।


