काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रत्यक्षतर्फ अब ३ क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ। धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भैसकेपछि पनि सबैभन्दा बढी मत उनले पाएपछि निर्वाचन आयोगले साहले सर्वोच्च अदालतमा उम्मेदवारी खारेजीविरुद्ध रिट दायर गरेकाले परिणाम सार्वजनिक नगर्न भनेको छ।
१६४ मध्ये १२४ सिट रास्वपाले जित्दा नेपाली कांग्रेसले १७ र नेकपा एमालेले ८ सिट जितेको छ। बाँकी तीन ठाउँमा पनि यी तीनै दल एक/एक ठाउँमा अगाडि छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ सिट जितेको छ। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्।
समानुपातिकतर्फ पनि रास्वपा अगाडि छ। हालसम्म ८८ लाख ३ हजार मत गणना हुँदा रास्वपाले ४७.८९ प्रतिशत अर्थात् ४२ लाख १६ हजार २४४ मत ल्याएको छ। यस्तै कांग्रेसले १४ लाख ३ हजार ४५१, एमालेले ११ लाख ८५ हजार ८७३, नेकपाले ६ लाख २१ हजार ९७२, श्रम संस्कृतिले ३ लाख ६ हजार ४३९ मत ल्याएको छ।
राप्रपाले २ लाख ८४ हजार ६५५, जसपा नेपालले १ लाख ३३ हजार ७२२ मत पाएको छ। बाँकी मत अन्य दले प्राप्त गरेका छन्।


