काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
झापा–५ बाट निर्वाचित बालेन्द्र शाहले आफ्नो चुनाव खर्च १४ लाख १७ हजार २८९ मात्रै भएको उल्लेख गरेका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६८ हजार ३४८ मतसहित उनी निर्वाचित भएका हुन्। । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। निर्वाचनमा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए। उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रहेको छ।
बालेनले कुन शीर्षकमा कति खर्च गरे? यस्तो छ विवरण



