राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नवनिर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा/लोकतान्त्रिक समाजवादी नेपालका उम्मेदवारहरू निर्वाचित भएका थिए।
निर्वाचनबाट एमालेबाट रोश्नी मेचे र सोमनाथ पोर्तेल कोशी प्रदेशबाट, रेखाकुमारी झा मधेस प्रदेशबाट, प्रेमप्रसाद दंगाल बागमती प्रदेशबाट, सम्झना देवकोटा गण्डकी प्रदेशबाट, मीनासिंह रखाल कर्णाली प्रदेशबाट र लिलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए।
कांग्रेसबाट निर्वाचित सांसदहरूमा सुनिलबहादुर थापा कोशी प्रदेशबाट, धर्मेन्द्र पासवान मधेस प्रदेशबाट, गीता देवकोटा बागमती प्रदेशबाट, जगत तिमिल्सिना गण्डकी प्रदेशबाट, वासुदेव घिमिरे र चन्द्रबहादुर केसी लुम्बिनी प्रदेशबाट, ललितजंग शाही कर्णाली प्रदेशबाट र खम्मबहादुर खाती सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए।
यसैगरी जसपा/लोकतान्त्रिक समाजवादीबाट महन्थ ठाकुर मधेस प्रदेशबाट निर्वाचित भएका थिए।