काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ। पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ। अब भने केही मतगणना मात्रै बाँकी छ।
रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ। दोस्रोमा रहेको नेपाली कांगेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४ हजार ३१ चौथौ भएको नेकपाले लाख ३ हजार ६२७ मत पाएको छ।
पाँचौ भएको संकृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाउँदा छैटौं स्थानमा थ्रेसहोल्ड कटाएको। राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ।
प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ।
यसअघि राष्ट्रिय दल बनेका थ्रेसहोल्ड कटाएरका मधेशवादी दलहरु भने यसपट निकै पछि पेरेका छन। जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७ हजार ९४९ मत पाएको छ।
जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजा ४९७ मत पाएको छ।
