२०८३ कार्तिक १२ गते बुधबार

मध्यपूर्व झनै अशान्तः कच्चा तेलको भाउ आकासिएर पुग्यो ब्यारेलको १२० डलर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २८
crude-oil

काठमाडौं। मध्यपूर्वमा जारी युद्धले तेल आपूर्तिमा झनै असहज बनेको छ। जारी युद्धले तेल बजारलाई थप अस्थिर बनाएको छ। इरानले खाडी तेल बोक्ने जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ।

समाचार संस्था एएफपीका अनुसार बिहीबार बिहान मात्रै दुई तेल ट्यांकरमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलर पुगेको छ।

मुरवान क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११९.८ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। यस्तै ब्रेन्ट क्रुडमा ९६.३८ र डल्युटीआइ क्रुडमा ब्यारेलको ९१.१३ डलरमा कारोबार भएको छ। सोमबार कच्चा तेलको भाउ ब्यारेलको ११९ डलर नजिक पुगेको थियो। त्यसपछि ब्यारेलको १०० डलर भन्दा कम भएको थियो।

इरानले खाडी क्षेत्रका अन्य मुलुकका साथै कट्टर शत्रु इजरायलतर्फ नयाँ आक्रमण बढाएपछि मध्यपूर्वमा तनाव झनै चर्किएको छ।

होर्मुज जलडमरूमध्ये आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन्। संयुक्त अरब इमिरेट्सनजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ। इराकनजिक दुई तेल ट्यांकरमा आक्रमण हुँदा कम्तीमा चालक दलका एक सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीले बताएका छन्।

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ।

अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ। फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ।

यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ।

 

प्रकाशित: २०८२ फाल्गुण २८ गते बिहिबार ०४:०२
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना