काठमाडौँ- भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले नयाँ स्वादमा ‘बी फिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ। स्याउको माल्ट स्वादयुक्त कार्बोनेटेड पेय पदार्थ नेपालमा पहिलो पटक प्रस्तुत गरिएको कम्पनीले बताएको छ। यो पेय पदार्थ सबै उमेर समूहका लागि उपयुक्त भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार बी फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो। ‘यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पी फिज प्रस्तुत गरेको थियो भने अब कम्पनीले बी फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउनेछ,’ पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले भनिन्, ‘यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमाञ्चक स्वादमा प्रस्तुत भएको छ।’
बी फिजको मूल्य साइज अनुसार ३० देखि ८० रूपैयाँ पर्नेछ। पार्ले एग्रोले एप्पी फिज र फ्रुटीको व्यापार विस्तारका लागि विशाल ग्रुपअन्तर्गत साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दैछ।
साउथ एशियन बेभरेज प्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बी फिजको वितरण गर्नका लागि आफूहरु तयार रहेको बताए।


