काठमाडौँ: नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो।
आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन्। त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।
त्यसैगरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया विके. र नीता घतानी रहेका छन्। यसैगरी, मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबाट एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ।


