काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ नियुक्त गरेकी छन्। प्रधानमन्त्री तथा कोषकी संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई उक्त पदमा मनोनयन गरेकी हुन्।
कानुनी व्यवस्थाअनुसार कोषको संरक्षकका रूपमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनयन गर्न सक्ने प्रावधान छ। सोही अधिकार प्रयोग गर्दै कार्कीले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएकी हुन्।
कोषको अध्यक्षको कार्यकाल पाँच वर्षको हुन्छ।
श्रेष्ठ प्रकृति संरक्षणबारे विज्ञता भएका व्यक्ति होइनन्। यसअघि श्रेष्ठले बालुवाटारमा श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको भनी आलोचना भएको थियो। आलोचनापछि प्रधानमन्त्रीको सचिवालयमा गरिएका ती नियुक्तिहरू हटाइएको थियो।


