२०८३ कार्तिक १४ गते शुक्रबार

सांसदको तलब ६६ हजार ७० रुपैयाँ, मासिक १८ हजार घरभाडासहित के के पाउँछन् थप सुविधा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
mp
एआई सिर्जित सांकेतिक तस्बिर

काठमाडौँ: हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षबाट १६५ र समानुपातिक ११० गरी १७५ जना सांसद आउँदैछन्। निर्वाचित सांसदले के कस्तो सुविधा पाउँछन् भन्ने आम चासोको विषय हो। निर्वाचित सांसदहरूले संसद् छिर्नुअघि निर्वाचित भएर पहिलोपटक काठमाडौँ आएदेखि राज्यले सेवासुविधा प्रदान गर्ने गरेको छ।

संघीय संसद सदस्य पारिश्रमिक तथा सुविधा ऐन, २०७३ अनुसार संघीय संसद्का सदस्यहरूले मासिक तलब ६६ हजार ७० रुपैयाँ पाउँछन्। तर तलब मात्र होइन, उनीहरूले घरभाडा, सञ्चार खर्च, भ्रमण भत्ता, बैठक भत्ता लगायत विभिन्न शीर्षकमा थप सुविधा पनि पाउने व्यवस्था छ।

व्यवस्थाअनुसार सांसदहरूले मासिक तलबसँगै १८ हजार रुपैयाँ घरभाडा पाउँछन्। यसका अतिरिक्त सञ्चार खर्च, पानी–विद्युत खर्च, विशेष भत्ता तथा संसदीय समिति बैठक बसेका दिनका लागि छुट्टै भत्ता पनि उपलब्ध हुन्छ।

सांसद बनेर पहिलो पटक काठमाडौं आउँदा यातायात खर्चसमेत सरकारले व्यहोर्ने व्यवस्था छ भने पहिलो पटक राजधानी आउँदा खाजा खर्चका रूपमा ६ हजार २५० रुपैयाँ दिइन्छ। सांसद बनेपछि फर्निचर खरिदका लागि १५ हजार रुपैयाँ पनि उपलब्ध गराइन्छ।

त्यस्तै, सांसदहरूले मासिक रूपमा ३ हजार रुपैयाँ सञ्चार खर्च र २ हजार रुपैयाँ पानी तथा विद्युत् खर्च पाउँछन्। मासिक १ हजार रुपैयाँ विशेष भत्ता पनि उनीहरूलाई उपलब्ध हुन्छ।

संसदीय समिति वा बैठक बसेका दिन सांसदहरूले दैनिक १ हजार रुपैयाँ बैठक भत्ता पाउँछन् भने सोही दिनको आउजाउ खर्चका रूपमा थप १ हजार रुपैयाँ दिइन्छ।

भ्रमणका क्रममा पनि सांसदहरूले सुविधा पाउँछन्। देशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५०० रुपैयाँ भत्ता उपलब्ध हुन्छ भने विदेश भ्रमण गर्दा दैनिक २२५ अमेरिकी डलर पाउने व्यवस्था छ। विदेश भ्रमणका क्रममा १० लाख रुपैयाँसम्मको यात्रा बीमा पनि गरिन्छ।

त्यसैगरी सांसद पदमा रहँदाको अवस्थामा मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ र अपांगता भएमा ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ।

प्रकाशित: २०८२ चैत २ गते सोमबार ०१:१०
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना