२०८३ कार्तिक १२ गते बुधबार

इरानले मिसाइल आक्रमण गरेपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
ani-20260317013033_84d300e7 (1)

काठमाडौँ: इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ।

अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन्। यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ। दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले मिसाइल तथा ड्रोन अवरोध गर्दा आएको बताइएको छ।

यसैबीच अबुधाबीको मिडिया कार्यालयका अनुसार ड्रोन आक्रमणपछि अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विशाल शाह ग्यास क्षेत्रमा लागेको आगोको मूल्यांकन गर्न त्यहाँको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको थियो, जसलाई अहिले नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।

शाह ग्यास क्षेत्र विश्वकै ठूला ग्यास उत्पादन केन्द्रमध्ये एक मानिन्छ। सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक) ले सञ्चालन गर्ने यस क्षेत्रबाट दैनिक करिब १.२८ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्ने क्षमता रहेको छ। यसअघि सोमबार पनि ड्रोन आक्रमणपछि यूएईको फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको थियो। यूएईको ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई इरानले पटक–पटक निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित: २०८२ चैत ३ गते मङ्गलबार ११:४५
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना