काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को अंशमाथि आपत्ति जनाएका छन्। उक्त फिल्ममा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि मेयर साहले आपत्ति जनाएका हुन् ।
उक्त शब्द नसच्चिएसम्म काठमाडौँ महानगरका कुनै पनि फिल्म हलमा हिन्दी भाषाका कुनै पनि फिल्म चलाउन नदिने उनले घोषणा गरेका छन्। ‘जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर बालेनले बिहीबार राती लेखेको फेसबुक स्टाटसमा भनिएको छ।
यो सच्याउनका लागि तीन दिनको समय दिइएको समेत स्टाटसमा उल्लेख छ।
शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ।


