२०८३ कार्तिक १२ गते बुधबार

कुवेतको तेल रिफाइनरीमा पनि ड्रोन आक्रमण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ६
ani-20260320053642_b045f62b

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ। यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ।

केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ।

सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ। पछिल्लो समय पश्चिम एसियाका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी आक्रमणहरू तीव्र भएका छन्। प्राप्त जानकारी अनुसार बुधबार राति इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेको थियो।

इजरायली आक्रमणको प्रतिशोधमा इरानले कतारको ‘रास लाफान’ औद्योगिक शहरमा आक्रमण गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार यसबाट त्यहाँको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। बिहीबार इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलले इजरायलको उत्तरी सहर हाइफामा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको सीएनएनले पुष्टि गरेको छ। यसैबीच, सुरक्षा अवस्था बिग्रिँदै गएपछि साउदी अरबले आफ्नो आकाशमा थप चारवटा ड्रोनहरू नष्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायललाई कडा चेतावनी दिँदै भनेका छन् कि इरानले हालसम्म आफ्नो शक्तिको सानो अंश मात्र प्रयोग गरेको छ। उनले ‘एक्स’ मा लेख्दै भनेका छन,‘हामीले संयमता अपनाउनुको एक मात्र कारण तनाव कम गर्ने आग्रहलाई सम्मान गर्नु थियो। तर, यदि हाम्रा पूर्वाधारहरूमा पुनः आक्रमण गरियो भने हामी ‘शून्य सहनशीलता’को नीति अपनाउनेछौं।’

मन्त्री अराघचीले कुनै पनि युद्ध अन्त्यका लागि नागरिक स्थलहरूमा भएको क्षतिको उचित सम्बोधन हुनुपर्ने अडान समेत राखेका छन्। अहिले इजरायल र इरानबीच जारी मिसाइल आदान–प्रदान र सैन्य कारबाहीले विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ।

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण, विश्वव्यापी ऊर्जा आपूर्तिमा धक्का

प्रकाशित: २०८२ चैत ६ गते शुक्रबार ०१:२९
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना