२०८३ साउन १३ गते बुधबार

इरान युद्धबाट खुल्यो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता, मारमा एसियाली मुलुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ७
crude-oil

बीबीसी। इरानविरुद्ध अमेरिका र इजरायल युद्धले संसार खाडी क्षेत्रबाट प्राप्त हुने ऊर्जामा कति निर्भर रहेछ भन्ने स्पष्ट देखाएको छ।

द्वन्द्व सुरु भएयता तेलको भाउ आकासियो र एकतिहाइले बढेर अहिले प्रति ब्यारल १०० डलर माथि कारोबार भइरहेको छ।

पानीजहाज तथा ऊर्जा उद्योगसँग सम्बद्ध पूर्वाधारहरूमा भएका हवाई हमला अनि स्ट्रेट अफ होर्मुज, जुन साँघुरो जलक्षेत्रमार्फत् विश्वको २० प्रतिशत तेल ओसारिन्छ। बन्द भएका कारण तेलको भाउ बढिरहेको छ।

कतिपय एशियाली सहरहरूमा पेट्रोल पम्पहरूमा लामो लाइन देखिन थालेको छ। वर्तमान ऊर्जा संकटको प्रभाव अन्यत्रभन्दा धेरै एसियामा परिरहेको छ। गत वर्ष स्ट्रेट अफ होर्मुजमार्फत् आपूर्ति भएको कुल तेल तथा ग्यासको ९० प्रतिशत गन्तव्य एसियाली देशहरू नै थिए।

आम मानिसहरू आफ्ना घर न्यानो पार्न, गाडी चलाउन अनि बिजुली निकाल्नसमेत तिनै ऊर्जामा भर पर्छन्। एसियाली क्षेत्रको विशाल उत्पादनशील उद्योगको आधार पनि सोही क्षेत्रबाट आउने ऊर्जा नै हो।

पर्सिएन खाडीमा भएको व्यवधानका कारण खास गरी दक्षिणपूर्वी एशिया सबैभन्दा ठूलो जोखिममा देखिन्छ।

मलेशिया र इन्डोनेशियाजस्ता आफैँ पनि तेल उत्पादन गर्ने देशहरूले समेत पछिल्ला दशकयता विस्तारै कम उत्पादन र बढ्ता आयात गर्न थालेका थिए।

यसको एउटा कारण चाहिँ मध्यपूर्वमा उत्पादन हुने तेलको किसिम अनि ती देशहरूले कसरी प्रशोधन गर्छन् भन्ने रहेको छ।

मध्यपूर्वको कच्चा तेल सामान्यतया हेभी सावर वा मिडिअम सावर किसिमका हुन्छन्। सेन्टर फर स्ट्राटजिक एन्ड इन्टरनेसनल स्टडिजको इनर्जी सेक्युरिटी एन्ड क्लाइमेट चेन्जका वरिष्ठ शोधकर्ता जेन नकानोले भनिन्।

नकानोका अनुसार दक्षिणपूर्वी एसियाली देशहरूमा भएका तेल प्रशोधन केन्द्रहरू यस्तै किसिमको तेल प्रशोधन गर्नका निम्ति बनाइएका छन्। त्यसैले तत्काल अर्को विकल्प भन्दै अमेरिकाजस्ता अन्य आपूर्तिकर्ता रोज्न सहज छैन।

प्रशोधन कार्य परिवर्तन गर्न उल्लेखनीय लगानी आवश्यक पर्छ, उनले भनिन्।

यसले थुप्रै देशहरू अप्ठेरामा परेका छन्। उदाहरणका लागि, फिलिपिन्सले उसलाई आवश्यक ९५ प्रतिशत कच्चा तेल मध्यपूर्वबाटै ल्याउँछ। त्यहाँका राष्ट्रपतिले सार्वजनिक कर्मचारीहरूलाई इन्धन जोगाउन साताको चार दिन मात्र काम गर्न आह्वान गरेका छन्।

यस क्षेत्रका थुप्रै सरकारहरूले मानिसहरूलाई घरबाटै काम गर्न प्रोत्साहन गरिरहेका छन्। थाईल्यान्डका ऊर्जामन्त्रीले सार्वजनिक कार्यालयहरूमा एअर कन्डिशनलाई अघिपछिभन्दा धेरै, २६ डिग्री सेल्सिअसमा राख्न पर्नेसहित इन्धन जोगाउने अन्य थुप्रै उपाय घोषणा गरेका छन्।

दक्षिणपूर्वी एसिया खाद्यान्न आयातमा पनि धेरै निर्भर छ। सिङ्गापुरले उसलाई आवश्यक पर्ने ९० प्रतिशत खानेकुरा आयात गर्छ भने इन्डोनेशियाले चाहिने जति सबै गहुँ आयातै गर्छ।

त्यसैले यातायात शुल्क वृद्धि हुँदा खानेकुराको मूल्यमा असर परिहाल्छ। गत साता जेट इन्धनको मूल्य ६० प्रतिशत बढेको थियो।

पेट्रोलको मूल्यमा सीमा

भियतनामले पनि अप्ठेरो बेहोरिरहेको छ। गत महिनायता त्यहाँ डीजलको मूल्य ६० प्रतिशत बढिसक्यो। केही सहरहरूमा पेट्रोल पम्पहरूमा लामो लाइन देखिन्छ। बंगलादेशमा पनि त्यस्तै दृश्य देखिन्छ।

संसारभरि पम्पहरूमा मूल्य बढिरहेको छ। तर, अन्यत्र एसियामा भन्दा कम मूल्यवृद्धि छ।

अमेरिकामा एक महिनाअघिको तुलनामा पेट्रोलको औसत मूल्य २३ प्रतिशत बढेको छ भने डिजेलको मूल्य एकतिहाइले बढेको छ। बेलायतमा डिजेल ९ प्रतिशत बढेको छ।

सरकारहरूले यी वृद्धिलाई ध्यान दिएर नियालिरहेका छन्।

दक्षिण कोरियाले मानिसहरूमा मूल्यवृद्धिको तनाव नहोस् भनेर इन्धनको मूल्यमा अस्थायी अधिकतम सीमा तोकिदिएको छ।

जापानले तेलका थोक विक्रेताहरूलाई अनुदान दिने भनेको छ ताकि खुद्रा मूल्य नियन्त्रणमा राख्न सकियोस्।

फ्रान्समा टोटल एनर्जिज कम्पनीले शुक्रबारदेखि यो महिनाको अन्त्यसम्मका निम्ति उसका सर्भिस स्टेशनहरूमा पेट्रोल र डिजलको भाउको सीमा तोकिने बताएको रोयटर्सले जनाएको छ।

बेलायतमा आगामी सेप्टेम्बरमा तेलमा लगाइने योजना गरिएको करको वृद्धिलाई अब समीक्षा गरिने भनिएको छ।

एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र चीनले चाहिँ समस्यासँग जुझ्ने क्षमता अरूको भन्दा सबल बनाएको छ। वर्षौँदेखि उसले विश्वकै सबैभन्दा ठूलो तेलभण्डार राखिरहेको छ, जसले केही महिनासम्म उसको माग धान्न सक्छ।

अनौपचारिक रूपमा चीनले अमेरिकी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानसँग पनि दशौँ लाख ब्यारल तेल किन्ने गरेको छ। ट्र्याकिङ् डेटाका अनुसार अहिले पनि त्यो आपूर्ति जारी नै छ।

त्यसका अतिरिक्त व्यापार विश्लेषण समूह केप्लरका अनुसार दक्षिण चिनियाँ सागरमा अवस्थित तैरने भण्डारमा अहिले पनि चार करोड ६० लाख ब्यारल इरानी कच्चा तेल छ।

त्यसमाथि चीनमा बिक्री हुने नयाँ गाडीमध्ये एकतिहाइ बिजुलीबाट चल्छन् त्यसैले पेट्रोलको मूल्यवृद्धिले चीनलाई कमै असर पार्ने देखिन्छ।

बिजुली उत्पादनका लागि अरू एसियाली देशहरूभन्दा चीन तेलमा कमै निर्भर छ– त्यहाँ अधिकांश बिजुली उत्पादन कोइलामा आधारित छ।

एसियाका अरू ठूला अर्थतन्त्र जापान र दक्षिण कोरियाले देशका भण्डारबाट दशौँ लाख ब्यारल तेल निकाल्ने निर्णय गरेका छन्। जुन गत साता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)को निर्णयअनुरूप छ।

तथापि दुवै देशले सन् २०२२ मा युक्रेन अतिक्रमणपश्चात् रुसी तेल र ग्यास खरिदमा कटौती गरेका कारण उनीहरू ऊर्जाका निम्ति मध्यपूर्वमा धेरै निर्भर छन्।

विश्वव्यापी ग्यास संकट

युक्रेन युद्धपश्चात् रुससँगको निर्भरता कम गर्नुपरेपछि युरोपले कहाँबाट ग्यास ल्याउने भन्ने विषयमा धेरै प्रभाव परेको थियो।

अहिले बेलायत र युरोपेली संघअन्तर्गतका देशहरूले उनीहरूलाई आवश्यक पर्ने अधिकांश तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) नर्वे र अमेरिकाबाट आपूर्ति गर्छन्।बेलायतले १० प्रतिशत ग्यास मात्र कतारबाट किन्छ।

खाडीबाट हुने ग्यास आपूर्तिमा युरोपेली देशहरू कम निर्भर भन्नुको मतलब त्यहाँबाट हुने आपूर्ति कटौतीका प्रभावबाट पनि ती अछुतो हुने छन् भन्नु चाहिँ गलत हुने क्यापिटलका प्रमुख अर्थशास्त्री डेभिड अक्स्लेले बताए।

विश्वको सबैभन्दा ठूला ग्यास निर्यातकर्तामध्येको एक कतार इनर्जीले उसका पूर्वाधारमा भएका सैन्य हमलाुका कारण गत सातादेखि उत्पादन बन्द गरेको छ।

त्यहाँबाट आपूर्ति गरिरहेका एसियाली ग्राहकले अब ग्यास आपूर्तिका अन्य विकल्प खोज्दा विश्वव्यापी रूपमै ग्यासको भाउ बढ्ने उनको भनाई छ।

तेल उत्पादनसँग सम्बन्धित स्थलहरूमा भएका आक्रमण अमेरिका चाहिँ यसमा अपवाद भइरहेको छ।

पछिल्ला वर्षहरूमा उसले फ्र्याकिङ् (भूमिगत चट्टानबाट स्रोत दोहन गर्ने विधि) विस्तार गर्दै ग्यास उत्पादन बढाएको छ, जसले बाह्य जोखिमबाट उसलाई जोगाएको अक्स्लेले बताए।

तर उसलाई ग्यास निर्यात गर्न भने अझै व्यवधानहरू छन्। यसका निम्ति आवश्यक पूर्वाधार बनाउन लागत तथा समय धेरै लाग्छ।

त्यसैले अल्पकालमा खाडीबाट भइरहेको आपूर्ति कटौतीलाई पूर्ति गर्न सक्ने वैकल्पिक सामर्थ्य भने अमेरिकासँग पनि नदेखिएको अक्स्लेले बताए।

प्रकाशित: २०८२ चैत ७ गते शनिवार ०७:०७
प्रतिक्रिया

थप समाचार

पश्चिम एसिया युद्ध: जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दै ट्रम्प

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय...

होर्मुज स्ट्रेटबारे ठूलो जोखिम लिइरहेको इरानसँग अब तीन विकल्प

तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ। तर, त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको १०० डलरमाथि

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ १००.६ डलर पुगेको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको १०५ डलर पुगेको छ।

हर्मुज जलमार्ग खुला राख्न आसियानको अनुरोध

मनिला,एएफपी। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना