२०८३ कार्तिक १२ गते बुधबार

चलचित्र ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न, आगामी तीजमा प्रदर्शन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
behuli_film

काठमाडौं। आज बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ’बेहुली’को शुभ मुहूर्त सम्पन्न गरिएको छ।

‘द डिभाइन म्युजिक’ र ’सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ।

लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका हुन्।

चलचित्रको सङ्गीत निर्देशनसमेत आफैले सम्हालेका पोखरेलको यो नयाँ फिल्मी यात्रालाई निकै चासोका साथ हेरिएको छ। प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन् । ‘होस्टेल ३’ पछि यी दुईको बलियो सहकार्य ’बेहुली’मा पनि दोहोरिएको छ।

चलचित्रमा ’होस्टेल ३’ बाटै डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख नायकको भूमिका निर्वाह गर्दैछन्। पर्दामा उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्।

यसका साथै ‘तीन घुम्ती’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्रमा आफ्नो दमदार अभिनय पस्किसकेका अनुभवी अभिनेता सुशान्त कार्कीको पनि यस चलचित्रमा महत्त्वपूर्ण भूमिका रहनेछ। चलचित्रमा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह–निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शंकर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्। नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन्।

यस्तै, चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका छन्।

राजु वाइबाको मेकअप, किशोर नेपालको प्रोडक्सन डिजाइन र एलेक्स बासुकलाको पहिरन डिजाइन रहने चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन्। चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

प्रकाशित: २०८२ चैत १२ गते बिहिबार ०४:१९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना