काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३ औँ प्रधानमन्त्री बनेका छन्। आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
आजै दिउँसो १२ः३४ बजेको शुभ साइतमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। मन्त्रिपरिषदमा उपाध्यक्ष स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावलको नाम संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा टुंगो लगाइएको छ।
उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रतिनिधिसभाको सभामुख बनाउने टुंगो लगाइएको छ। यस्तै पर्यटन मन्त्रीमा गणेश पौडेल, अमरेशकुमार सिंह उद्योग मन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने निश्चित भएको छ।


