काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ।
प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको शुक्रबार दिउँसो शपथ भएको थियो। शपथपछि प्रधानमन्त्रीसहित मन्त्रीहरूले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदवहाली गरेका थिए।
पदवहालीपछि प्रधानमन्त्री बालेनले मन्त्रिपपरिषद्को बैठक डाकेका हुन्।
पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही महत्त्वपूर्ण निर्णय हुनसक्ने अनुमान गरिएको छ।


