२०८३ कार्तिक १४ गते शुक्रबार

ओली र लेखक पक्राउबारे कांग्रेस बोल्योः छानविन नगरी सरकारले राजनीति गर्न खोज्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १४
photo-1_68482fdb

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै नेपाली कांग्रेस सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन छानबिन हुनुपर्ने पक्षमा दृढ रहँदै आएको बताए।

उनले भने, ‘२०८२ साल भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो। त्यसैगरी भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दुवै दिनका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो।’

प्रवक्ता चालिसेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक नभएको र सरकारले विधिसम्मत ढंगले सार्वजनिक नगरेको आरोप लगाए।

उनले भने, ‘प्रतिवेदनमा भदौ २४ गतेका घटनाबारे पूर्ण छानबिन गर्न नभ्याएको उल्लेख छ भने त्यो एकपक्षीय र अपूर्ण देखिन्छ।’

चालिसेका अनुसार चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगका सिफारिसमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। तर एउटै प्रतिवेदनको सिफारिसमा सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेसको भनाई छ।

उनले भने, ‘भदौ २३ गतेको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिसमा पनि सरकारको व्यवहार फरक देखिन्छ, जुन गलत हो। भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ।’

उनले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टीको समर्थन रहने स्पष्ट पारे। तर उनले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘भदौ २३ गतेको घटनाका सम्बन्धमा संग्लग्न सबै र सँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारवाही हुनुपर्छ त्यसमा हाम्रो साथ रहन्छ। तर त्यो कारवाही उत्तेजना र आवेगमा होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ यसमा सरकार परिपक्क नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुन सक्छ। देश पुनः द्वन्द्वर अस्थिरतामा जान सक्छ यसतर्फ गम्भिर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोपमा ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित: २०८२ चैत १४ गते शनिवार ०६:५८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना