काठमाडौँ: तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिको स्रोत र वैधताबारे औपचारिक अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको चल तथा अचल सम्पत्ति, आम्दानीको स्रोत र त्यसको वैधताबारे विस्तृत अध्ययन गरिने प्रहरीले जनाएको छ।
पूर्वमन्त्री दीपक खड्काविरुद्ध पनि यसै कसुरमा अनुसन्धान हुँदैछ। खड्कालाई आइतबार बिहान पक्राउ गरिएको छ।


