काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ। ओलीपत्नी राधिका शाक्यले हिरासतमुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दिएकी हुन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ओली सत्ताच्यूत भएका थिए। उक्त आन्दोलनका क्रममा पहिलो दिन गोली लागेर १९ जना विद्यार्थी मारिएका थिए। उक्त घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वनमा जाँचबुझ आयोग बनेको थियो। उक्त आयोगले आन्दोलन दबाउन सरकार तर्फबाट व्यापक दमन भएको लापरबाही र हेल्चेक्र्याइँका कारण प्रदर्शनकारी मारिएको निष्कर्षसहित कारबाही गर्न सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा शनिबार बिहान गुण्डुस्थित निवासबाटै ओलीलाई पक्राउ गरेको थियो। यस्तै शनिबार नै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको थियो।
उक्त पक्राउ गैरकानुनी भएको दाबी रिटमा गरिएको छ। कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्नु गैरकानुनी भएको दाबी रिटमा गरिएको छ।


