२०८३ कार्तिक १४ गते शुक्रबार

सांसदहरूसँग प्रधानमन्त्री बालेनले गरे छलफल, के–के भयो कुराकानी?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
photo-4_9fabb932

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन्। प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए।

उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्नुपर्ने तथा सम्भव समस्याहरू के–के हुन् र तिनको समाधानका उपाय के हुन सक्छन् भन्ने विषयमा जिज्ञासा राखेको बताए। उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ–आफ्ना समस्याहरूको बारेमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो। उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र गर्न सकिने समस्याहरू के के हुन् र तिनीहरूको समस्याको समाधानको बाटो के हो ? भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राख्नु भएको थियो। त्यसै विषयमा केन्द्रित भएर सबै सांसदहरूले आफ्नो धारणा राख्ने काम भयो।’

न्यौपानेले सोही विषयमा केन्द्रित रहेर सबै सांसदहरूले आ–आफ्ना धारणा राखेको जानकारी दिए।

यसैगरी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद खेमराज कोइरालाले कैलाली ४ का समस्या समाधानको सन्दर्भमा प्राथमिकताको आधारमा अघि बढ्ने कुरा भएको बताए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली क्षेत्रको विकासमा विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए। उनले कर्णालीमा सडक विस्तार आवश्यक रहेको उल्लेख गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न माग गरिएको बताए।

उनले भने, ‘कर्णालीमा सडकहरू विस्तार गरिनुपर्छ। हामीले आज कर्णाली राजमार्ग स्तर उन्नती र समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्नका लागि प्रधानमन्त्रीलाई अपिल गरेका छौं। कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत–दैलेख स्तर उन्नतीको कालोपत्रे गरिदिन र मुगुको रारासम्म कालेपत्रे गरिदिन अपिल गरेका छौं।’

उनले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख खण्डको स्तरोन्नति गरी कालोपत्रे गर्न तथा मुगुको रारासम्म सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए।

त्यस्तै, विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा पनि छलफल भएको उनले जानकारी दिए। उनले अघिल्लो सरकारले बिना पर्याप्त अध्ययन विकास आयोजनाको बजेट रोकेको भन्दै आवश्यक स्थानमा बजेट खुला गर्नुपर्नेमा जोड दिए। शाहीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न, लाइसेन्स खारेज गर्न तथा कालोसूचीमा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। साथै, पटक–पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

उनले भने, ‘हामीले विभिन्न विकास निर्माणसँग जोडिएका कुराहरूमा छलफल गरेका छौं। प्रधानमन्त्रीलाई अस्तिको पहिलाको सरकारले जसरी विकास निर्माणको सबै कुरा नहेरीकन बजेट रोकिदिएको अवस्था थियो। त्यो खुला गर्नुपर्छ , जहाँ आवश्यकता छ त्यहाँ बजेट रोक्का गर्न मिल्दैन, जहाँ आवश्यकता छैन त्यो बन्द गर्दा हुन्छ। अब जसले समयमै काम गर्दैन ति ठेकेदारलाई कारवाही गर्नुस्। उनीहरूको लाइसेन्स रद्द गर्नुस्,उनीहरूलाई कालोसूचीमा राख्नुस्। तर पटक पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेका छौँ।’

प्रकाशित: २०८२ चैत १६ गते सोमबार ०३:५४
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना