काठमाडौँ: मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो।
गत शुक्रबार वालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार दोस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। शुक्रबार सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा भएको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको जाँचबुझ आयोगको सुझाव कार्यान्वयन गर्नेसहितका निर्णय गरेको थियो।
जसअनुसार शनिबार बिहान तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।
सोमबारको मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही जानकारी गराइएको छैन।


