काठमाडौँ: अर्थमन्त्रालयमा कार्यरत ३० जना उपसचिवको सरुवा भएको छ। अर्थ मन्त्रालयले पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार गरेको निर्णयअनुसार द्वितिय तहका कर्मचारीहरूलाई काठमाडौँमा रहेका विभिन्न विभागदेखि उपत्यकाबाहिर भन्सार र राजस्व लगायतका स्थानमा सरुवा गरिएको हो।
मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने र मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।
केहीलाई प्रदेशका कार्यालयमा पदस्थापन गरिएको छ।



