काठमाडौँ: नवनिर्वाचित सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। चैत १९ गते आउँदो बिहीबार संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।


