काठमाडौँ: सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
कार्यदलमा सबै दलहरूको सहभागिता हुने पोखरेलले बताए। यसका लागि राष्ट्रिय सहमति पत्र तयार गरिने उनको भनाइ छ।


