काठमाडौँ: सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण सोमबार (चैत २३)देखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक विदा दिने अस्थायी निर्णय गरेको हो।
यस्तो विदा सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा दुई दिन विदा दिने निर्णय गरेको हो।
साप्ताहिक विदा बढाइएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाबाहेकका सरकारी संस्थाहरूमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय सञ्चालन हुने जानकारी दिए।


