काठमाडौँ: पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार एक साताका लागि म्याद थप गरेको हो।
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको घर जलाइँदा घरबाट पैसा उडेको भन्दै भिडिओ भाइरल भएको थियो। उक्त घटनापछि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्।


