काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब पुन: सोमबार उक्त निवेदनमाथि सुनुवाइ हुनेछ।
ओलीको तर्फबाट पत्नी राधिका शाक्यले दायर गरेको बन्दी रिटमा न्यायाधीश मेघराज पोखरेल र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले यसअघि गत चैत १६ गते उनीहरूको पक्राउको औचित्य पुष्टि गरी जाँचबुझ आयोगको प्रतिवेदन पेस गर्न आदेश गरेको थियो।
उनीहरूलाई जेनजी आन्दोलनमा दमन गरी विद्यार्थीको हत्या गरेको आरोपमा गत चैत १४ गते बिहान प्रहरीले पक्राउ गरेको हो।


