काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ‘आईएमई पे’ ले मोबाईल रिचार्जमा दिँदै बएको क्यासब्याक स्किमलाई निरन्तरता दिने भएको छ।
आईएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो।
केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशत क्यासब्याक दिँदै आएको छ।
आईएमई पेमा दर्ता नभएका मोबाइल नम्बरमा रिचार्ज गर्दा भने दुई प्रतिशत क्यासब्याक पाउने छन्।


