काठमाडौँ: चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी २०८२ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्।
बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ।
यस वर्ष नेपाली चलचित्र बजारको समग्र आकार यस वर्ष करिब रु. २ अर्ब १९ करोड ९१ लाख नाघेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक समरी २०८२ अनुसार नेपाली र विदेशी चलचित्र दुवैको व्यापार जोड्दा कुल बजार उक्त आकारमा पुगेको हो।
नेपाली चलचित्रले यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेकोमा विदेशी चलचित्रले १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन गरे।
यस वर्ष सर्वाधिक कमाइ परान फिल्मले गरेको छ। उक्त फिल्मले १७ करोड ७६ लाख रुपैयाँ कमाएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार यी हुन् सर्वाधिक कमाइ गर्ने १० नेपाली चलचित्र
परान – १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ
आ बाट आमा – १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ
जेरी अन टप – १२ करोड २८ लाख ८४ हजार रुपैयाँ
उनको स्वेटर – ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ
जारी २ – ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ
बलिदान – ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ
मोहर – ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ
हरि बहादुरको जुत्ता – ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ
माग्ने राजा – ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ
माइतीघर – ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ
यसैगरी अन्तर्राष्ट्रिय सिनेमातर्फ कान्तारा अ लिजेन्ड: च्याप्टर वनले सर्वाधिक कमाइ गरेको छ। उक्त फिल्मले नेपालमा १२ करोड ३५ लाख ३२ हजार ८४० रुपैयाँ कलेक्सन गरेको हो।
बोर्डका अनुसार यी हुन् नेपालमा सर्वाधिक कमाउने अन्तर्राष्ट्रिय फिल्म–
कान्तारा अ लिजेन्ड: च्याप्टर वन– रु. १२ करोड ३५ लाख ३२ हजार ८४० रुपैयाँ
धुरन्धर:द रिभेन्ज– रु. १२ करोड २५ लाख ०६ हजार ७६१ रुपैयाँ
धुरन्धर– रु. १० करोड ५० लाख ७७ हजार ८२१ रुपैयाँ
सैयारा– रु. १० करोड १४ लाख ०५ हजार ५०४ रुपैयाँ
अवतार– रु. ६ करोड ६८ लाख ४३ हजार ४८९ रुपैयाँ
हाउसफुल ५– रु. ४ करोड ९४ लाख २१ हजार ५२३ रुपैयाँ
वार २– रु. ३ करोड ८६ लाख ३९ हजार ०३० रुपैयाँ
तेरे इश्क में– रु. ३ करोड ६२ लाख ६० हजार ११३ रुपैयाँ
सितारे जमिन पर– रु. ३ करोड २३ लाख ८७ हजार ५९२ रुपैयाँ
कुली– रु. २ करोड ४१ लाख ८० हजार ३०१ रुपैयाँ


