काठमाडौँ: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन्।
मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको स्रोतको भनाइ छ।







