काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्।
यसअघि पहिलो नम्बरमा प्रधानमन्त्री शाह र दोस्रोमा अर्थमन्त्री स्वर्णिवम वाग्ले रहेकोमा तेस्रोमा गृहमन्त्री सुदन गुरुङ थिए। हेरफेरपछि गुरुङलाई पाँचौँ नम्बरमा सारिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई चौथोमा तानिएको छ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पुछारमा लगिएको छ। यसअघि पुछारमा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई आठौँमा तानिएको छ।



