काठमाडौँ: नागरिकलाई ‘वर्क फ्रम होम’ अपनाउन सरकारले आग्रह गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख गर्दै जनतालाई ‘वर्क फ्रम् होम’ अपनाउन र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिएकी हुन्।
अर्थ मन्त्रालयअन्तर्गत पेट्रोल, डिजेल र मट्टितेलमा भन्सार महसुल र पूर्वधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उनले बताइन्।


