काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गरिएको छ। उनीहरू बिहीबार बिहान हाजिरी जमानीमा रिहा भएको हुन्।

सर्वोच्च अदालतको आदेश अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो।

जेनजी आन्दोलनमा बल प्रयोग गरी विद्यार्थीको हत्या गरेको आरोपमा उनीहरूलाई गत चैत १४ गते बिहान निवासबाटै पक्राउ गरिएको थियो। पक्राउ परेको १३औँ दिनमा रिहा भएका हुन्।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। ओलीको उपचार भैरहेकाले उनी केही दिन अस्पतालमै रहनेछन्।

यता लेखकलाई भने परिवारको जिम्मा लगाइएको छ।