काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको सदस्यामा पूर्वसचिव अर्जुनजंग थापासहित ६ जनालाई नियुक्त गरेको छ।
सहसचिव थापासहित त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा सञ्जय आचार्य, ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो डा देवेन्द्र गौचनलाई नियुक्त गरेको छ।
यस्तै शिक्षाविद् रेशु अर्याललाई पनि सदस्यमा नियुक्त गरिएको छ। उनी शिक्षाविद् हुन्। अर्याल तत्कालिन अवस्थामा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाह (हाल प्रधानमन्त्री)को शिक्षा सल्लाहकार रहेकी थिइन्। तर वालेन्द्रको कार्यशैली चित्त नबुझेको भन्दै उनले १० महिनामै राजीनामा दिएकी थिइन्।
यसैगरी काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक प्राडा सुदन झा र गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष एवं नेपाल लिडरसिप एकेडेमीका कोच डा पुकार बमलाई नियुक्त गरिएको छ।
सरकारले यसअघि गत चैत २४ गते नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई आयोगको अध्यक्षमा नियुक्त गरिसकेको छ।


