काठमाडौं– प्रभु बैंक र प्यारामाउन्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरे।
सम्झौताअनुसार प्यारामाउन्टद्वारा आयात गरिएका एम्जी मोडल÷ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकले छिटो–छरितो सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन्।


