बीबीसी। इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी लागू हुने समय सुरु भइसकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वीय समयअनुसार सोमबार १० बजे (१४ जीएमटी) मा नाकाबन्दी सुरु हुने बताएका थिए।करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास होर्मुज स्ट्रेट भएर बाहिरिन्छ।
यी घटनाक्रमबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान सरकारमाथि होर्मुज स्ट्रेट हुँदै आवतजावत अवरुद्ध गरेर आर्थिक आतंकवादको कार्य गरेको आरोप लगाएका छन्। एक टेलिभिजनसँगको कुराकानीमा उनले इरानीहरू आर्थिक आतंकवाद कार्यमा संलग्न भए अमेरिकाले कुनै पनि इरानी जहाजलाई बाहिर निस्कन नदिने नीति लिने बताए।
भान्सले सप्ताहान्तमा भएको इरानसँगको वार्ताबारे पनि चर्चा गरे। बल इरानको कोर्टमा छ उनले भने।
यसअघि इरानी संसद्का सभामुखले तेहरान धम्कीका सामु नझुक्ने बताएका थिए। ट्रम्पको पछिल्लो भनाइबारे भने इरानी अधिकारीहरूको प्रतिक्रिया आएको छैन।
यूके मरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले एक एड्भाइजरी जारी गर्दै जहाजहरूले उक्त क्षेत्रमा सैन्य उपस्थिति र जाँच प्रक्रियाहरूको सामना गर्नु पर्नसक्ने बताएको छ।
इरानी समुद्री मार्गमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा उभिए युरोपेली मुलुक
यसैबीच न्यूयोर्क टाइम्सले वरिष्ठ इरानी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले पाँच वर्षका निम्ति परमाणु गतिविधि रोक्न राखेको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको उल्लेख गरेको छ। उक्त रिपोर्टका अनुसार अमेरिकाले उक्त गतिविधि २० वर्षका निम्ति रोकिनु पर्नेमा जोड दिएको थियो।
रिपोर्टका अनुसार अमेरिका र इरानबीच पाकिस्तानमा वार्ताका क्रममा तेहरानको आणविक गतिविधि रोक्ने विषयमा चर्चा भएको हो। यद्यपि उनीहरू कुनै सम्झौतामा पुग्न सकेनन्।
इरानको परमाणुसम्बन्धी महत्वाकांक्षा द्वन्द्वको एउटा मुख्य विषय रहँदै आएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानसँग परमाणु हतियार नहुने कुरा सुनिश्चित गर्ने दोहोर्याउँदै आएका छन्।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन्। युद्धको ूकुनै सैन्य समाधान छैन भन्ने स्पष्ट रहेको भन्दै उनले उक्त आग्रह गरेका हुन्।
अधिकांश युरोपेली मुलुकहरुले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन्। ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको जलमार्गमा बढ्दो तनावविरुद्ध चेतावनीसमेत दिएका छन्।
अमेरिकाले नाकाबन्दी लागू गर्न थालेको दिन नै यूरोपेली देशहरुको अभिव्यक्ति बाहिर आएको छ।
यसअघि, नेटोका महासचिव मार्क रुटले अमेरिकाले होर्मुजको जलडमरूम सुरक्षित गर्न युरोपेली सहयोगीहरूबाट ठोस प्रतिबद्धताहरू खोजिरहेको संकेत गरेका थिए।
यद्यपि, युरोपेली सरकारहरू अमेरिकी निर्णयको विपक्षमा उभिएका छन्।बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्पद्वारा होर्मुजको जलडमरूमको नाकाबन्दीको धम्कीलाई अस्वीकार गरेका छन्। स्पेनी रक्षामन्त्री मार्गारीटा रोबल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको होर्मुज जलडमरूमा नौसेना नाकाबन्दी लगाउने धम्की ‘मूर्खतापूर्ण’ भएको बताइन्।
टर्कीका विदेशमन्त्री हाकान फिदानले शान्तिपूर्ण कूटनीतिक प्रयासहरूमार्फत होर्मुज जलडमरूबाट निर्बाध समुद्री व्यापार सुनिश्चित गर्न सबै पक्षहरूलाई आग्रह गरे।


