काठमाडौँ: सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा संयन्त्रका विषयमा अनुसन्धानका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
आयोगमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन्।
तत्कालिन राजनीतिक नेतृत्व तथा तोडफोड, आगजनी एवं हत्यमा संलग्न सर्वसाधारणको हकमा भने यसअघि नै अनुसन्धान भैरहेको छ।
आयोगको सिफारिसका आधारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक अदालतको आदेशपछि थुनाबाहिरबाट मुद्दाको पुर्पक्ष गरिरहेका छन्।


