२०८३ कार्तिक १२ गते बुधबार

इजरायल र लेबननबीच युद्धविराम, तेलको भाउ घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ४
oil_price

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध छिट्टै अन्त्य हुने बताएका छन्।नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, “यो निकै छिट्टै नै अन्त्य हुनु पर्छ।”

उनले यसबारे थप व्याख्या नगरे पनि युद्ध राम्रोसँग अघि बढिरहेको बताए। ट्रम्पले रकेटहरू खसालिदिएको भन्दै अमेरिकी सेनाको पनि प्रशंसा गरेका छन्।

गत सप्ताहान्तमा अमेरिका र इरानबीच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्।

ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको बताएको छ।

यता इजरायल र लेबननबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ। अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लेबननसँग ऐतिहासिक सम्झौताका लागि यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन्।

इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबननको भूमिमा आक्रमण रोक्ने र इजरायली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले आफ्नो देशको फौज दक्षिणी लेबननको १० किलोमिटरभित्र सुरक्षा क्षेत्रमा सीमित हुने बताएका छन्। यो अडानलाई हिज्बुल्लाहले माग विपरीत भनेको छ।

अमेरिकी विदेश मन्त्रालयले सम्झौता अनुसार लेबनन सरकारले हिज्बुल्लाबाट इजरेलमा आक्रमण रोक्न अर्थपूर्ण कदम चाल्नुपर्ने हुन्छ।

उसले लेबननको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको अधिकार लेबननकै सुरक्षा निकायलाई मात्र हुनुपर्ने भनेको छ।

युद्धविराम कार्यान्वयनमा आए लगत्तै इजरेल डिफेन्स फोर्सेस आईडीएफले एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ३८० वटा हिज्बुल्लाहका निशानामा आक्रमण गरिएको जनाएको छ। आफ्नो आक्रमणको निशानामा रकेट प्रक्षेपण गर्ने स्थान, मुख्यालय र हिज्बुल्लाहका सदस्यहरू परेको इजरेलले जनाएको छ।

लेबननको सेनाले ग्रामीण क्षेत्रहरूमा अझै इजरेली आक्रमण जारी रहेको भन्दै युद्धविराम उलंघन भएको बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हिज्बुल्लाहलाई पनि युद्धविराम पालना गर्न आह्वान गरेका छन्। उनले आफूले इजरेल र लेबननका नेताहरूलाई ह्वाइट हाउसमा बोलाएको बताएका छन्। तर, अब थप के हुन्छ भन्नेबारे खुल्न बाँकी छ।

इजरायल र लेबननबीचको युद्धविराम कार्यान्वयनमा आएसँगै एसियाली बजारमा शुक्रबार तेलको मूल्य घटेको छ।

तेलको मूल्यमा विश्वकै मानक मानिने ब्रेन्ट क्रुडको कच्चा तेलको मूल्य झन्डै एक प्रतिशत बढी घटेर ९८.०९ अमेरिकी डलरमा कारोबार भएको छ।अमेरिकाले व्यापार गर्ने तेलको मूल्य पनि घटेको छ।

प्रकाशित: २०८३ बैशाख ४ गते शुक्रबार १०:५७
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना