२०८३ कार्तिक १३ गते बिहिबार

दीपक भट्टसँग सुधनको कनेक्सन: गृहमन्त्री हुनु ५ दिनअघिसम्म शंकास्पद सेयर कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
sudhan

काठमाडौँ: जेनजी आन्दोलनको रापतापबाट उदाएर छोटो समयमा राजनीतिक छलाङ मारेका गृहमन्त्री सुधन गुरुङको आर्थिक पारदर्शितामा गम्भीर प्रश्न उठेको छ। गृहमन्त्री नियुक्त भएको एक महिना नपुग्दै स्रोत नखुलेको सम्पत्ति विवरणपछि विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीसँगको कनेक्सनले उनी विवादमा तानिएका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट समूहको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडमा गृहमन्त्री गुरूङलले ५३ लाख रुपैयाँ बढीको सेयर खरिद गरेको बाहिरिएको छ। मन्त्री बन्नुभन्दा ठीक ५ दिन अघिसम्म उनले दोस्रो बजारमा उनले आक्रामक रूपमा सेयर खरिद गरेको तथ्य फेला परेको छ।

नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) को विवरण अनुसार, गुरुङले २०८२ माघ १५ देखि चैत ८ गतेसम्मको करिब ५० दिनको अवधिमा मात्रै ५३ लाख ३३ हजार ५८० रुपैयाँ बराबरको सेयर खरिद गरेका छन्। रोचक के छ भने, उनले मन्त्रीको शपथ लिनुभन्दा ५ दिन अघि अर्थात् चैत ८ गते एकै दिन ७ पटक ठूलो परिमाणमा सेयर किनेका थिए।

नेपाल बीमा प्राधिकरणले कैयौं कानूनी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणले शंकर समूह र दीपक भट्ट सम्बद्ध कम्पनीलाई छानीछानी लघु बीमा कम्पनीको लाइसेन्स दिएको हिमालखबरले सार्वजनिक गरेको थियो। अनुमति दिइएका कम्पनीमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्स रहेका थिए।

चर्चित विचौलिया दिपक भट्ट समूहले सेटिङमा हत्याएको लघु बिमा कम्पनीमा गृहमन्त्री गुरुङ पनि पार्टनर रहेको तथ्य आइतबार दियोपोस्टले सार्वजनिक गरेपछि बाहिरिएको हो।

उनले २०८२ माघ १५ गते पहिलो पटक १५ लाख ७८ हजार रुपैयाँको सेयर खरिद (७ लाख ९० हजार र ७ लाख ८८ हजारका दुई कारोबार) गरेको देखिन्छ।  माघ २७ गते १६ लाख १७ हजार रुपैयाँको, चैत ८ गते एकै दिन ७ वटा कारोबारमार्फत कुल २१ लाख ३८ हजार ५८० रुपैयाँको सेयर खरिद गरेको पाइएको छ। यसको ठीक ५ दिनपछि उनी गृहमन्त्री नियुक्त भएका थिए। जुन उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने लुकाएका छन्।

चैत ८ गतेको विवरण हेर्दा उनले न्यूनतम २२ हजार ९२० देखि अधिकतम ९ लाख १५ हजार रुपैयाँसम्मका ७ वटा छुट्टाछुट्टै कारोबार गरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडको सेयर थुपारेको देखिन्छ।

गृहमन्त्री गुरुङको यो लगानी केवल सेयर बजारमा मात्र सीमित छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहसँग उनको व्यवसायिक साझेदारी रहेको खुलेको छ।

May be an illustration of floor plan, blueprint and text

भट्ट र गुरुङबीच स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी रहेको तथ्य देखिएको छ। विगतमा हामी नेपाली नामक संस्था सञ्चालन गर्दा दीपक भट्ट र अग्रवाल दाजुभाइबाट सहयोग लिएका गुरुङले मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी कम्पनीहरूको नाम खुलाएका छैनन्। उनले करिब २ करोड ७४ लाखको सेयर रहेको उल्लेख गरे पनि ती कुन-कुन कम्पनी हुन् भन्ने विवरण लुकाएका हुन्।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको नाममा २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर छ।

रोचक पक्ष त यो छ कि, गुरुङ सञ्चालक रहेको हामी नेपाली संस्थामा सबैभन्दा ठूलो दान दिने दाता पनि शंकर समूह नै हो। यसले उनी राजनीतिमा आउनुअघि नै यी समूहहरूसँग आर्थिक रूपमा जोडिएको पुष्टि गर्छ।

विगतमा डीजे हुँदै भूकम्पपछि सामाजिक सेवामा संलग्न गुरुङ हामी नेपालका संस्थापक संयोजक हुन्। उक्त संस्थाले ५ वर्षअघि भट्टलाई काठमाडौँमा सम्मान समेत गरेको थियो।

धमाधम खुल्न थाल्यो सुधन र दिपक भट्टको साइनो तर खुलेन "हामी नेपाल"को वेवसाइट

तत्कालिन केपी शर्मा ‌ओली नेतृत्वको सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गरेपछि स्वस्फूर्तरूपमा युवाहरूले गरेको जेनजी आन्दोलनमा सुधन नेतृत्वको हामी नेपाल संस्था पानी बाँड्न गएको थियो। त्यसवेला उनी स्वयंले आफू पानी बाँड्न माइतीघरमा उपस्थित भएको अन्तर्वार्तामा भनेका थिए। तर त्यही आन्दोलनको बलमा तत्कालिन प्रधानमन्त्री ओ‌ली नेतृत्वको सरकार ढलेपछि गुरुङ एकाएक चर्चामा आएका थिए।

गुरुङले सेनासँग वार्ता गर्नेदेखि लिएर अन्तरिम सरकार गठन गर्नेसम्मका भूमिका खेलेका थिए। त्यही आन्दोलनको जगमा रास्वपाबाट चुनाव जितेर उनी गृहमन्त्री बनेका हुन्।

जेनजी आन्दोलनयता उनी पटक–पटक विवादित बनेका छन्। आफ्नै अभिव्यक्तिका कारण आलोचित भैरहने उनी केही समयअघि पोखरा महानगरपालिकाले फेवातालको अतिक्रमित संरचना हटाउँदा आफ्नो जग्गा परेमा त्यहाँ पनि डोजर चलाउनु भनेर फोन गरेका थिए। तर पछि उनले उक्त जग्गा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरू गर्न लिजमा लगेको खुलेको थियो। त्यसपछि उनले जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाइ आफूलाई ठगेको भन्दै कानुनी प्रक्रियामा जाने बताएका थिए।

शेयर बजारमा ४ करोड ३१ लाख बढीको सेयर,  धनकुटामा १९ रोपनी १५ आना, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी, गाडी र ६१ लाख बढी बैंक ब्यालेन्स भएको उनको सम्पत्ति विवरण सार्वजनिक भएपछि उक्त सम्पत्तिको वैधतामाथि पनि प्रश्न उठेको थियो।

विवादमा तानिएपछि सामाजिक सञ्जालमा गुरुङको राजीनामा माग भैरहेको छ भने उनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता बढाएका छन्।

प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार १२:२२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना