२०८३ कार्तिक ११ गते मङ्गलबार

एक अर्ब लगानीमा झापा कमलमा खुल्यो भृकुटी ‘मल्टिस्पेसियालटी’ अस्पताल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १०
bhrikuti_hospital

काठमाडौँ: निजी लगानीमा झापाको कमल गाउँपालिकामा भृकुटी अस्पताल बन्दैछ। अस्पताल परियोजना निर्माण अन्तिम चरणमा छ।

निर्माण सम्पन्न नभए पनि अस्पतालले यही महिनादेखि आंशिक रूपमा सञ्चालन सुरु गरेको छ। जहाँ पहिलो महिनामा ओपीडी सेवाहरू निःशुल्क प्रदान गरिएको थियो। अस्पताल परियोजना आउँदो असारदेखि पूर्ण क्षमतामा सञ्चालन हुने भृकुटीले जनाएको छ।

मल्टिस्पेसियालिटी सुविधा भएको अस्पताल १०० बेडको हुनेछ। अस्पताल पूर्व–पश्चिम राजमार्ग नजिक पर्छ। अस्पताल ३०० बेडको प्रस्ताव गरिए पनि हाल १०० बेडका लागि मात्र इजाजत प्राप्त गरेको भृकुटी अस्पतालले जनाएको छ। बाँकी २०० बेड थप्ने योजना अस्पतालको छ।

 संरचनात्मक निर्माण कार्य लगभग पूरा भएको छ भने प्रमुख चिकित्सा उपकरणहरूको जडानको प्रक्रियामा छ।

अस्पतालको प्रतिबेड लागत अपेक्षाकृत कम रहेको छ। प्रतिबेड लागत ३४ लाख रुपैयाँ रहेको छ। यसबाहेक, एमआरआई, सीटी स्क्यान, र अन्य निदान र उपचार इकाइहरू जस्ता प्रमुख सुविधाहरू अझै पूर्ण रूपमा सञ्चालनमा छैनन्। जसले गर्दा परियोजनालाई निहित कार्यान्वयन जोखिममा पारिएको छ।

यसबाहेक प्रस्तावित ऋण कोषमा निर्भरता बढेको छ। पहिला ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) को लगानी संरचना बनाइएको थियो। हाल लागत बढेपछि यसको संरचनामा परिवर्तन गरी ८०ः २० प्रतिशत बनाइएको छ।

संस्थापकहरुको स्वपुँजीको ५५ प्रतिशत लगानी गरिसकेका छन्। संशोधित ऋण आवश्यकताको लगभग ४४ प्रतिशत बाँध्न बाँकी छ। परियोजनाले निर्माण अवधिको ब्याज (आईडीसी) पनि २९ प्रतिशत बढेको छ। समग्र परियोजना लागत एक अर्ब दुई करोड रुपैयाँ भन्दा माथि पुग्ने सम्भावना छ।

भृकुटीका प्रमुख प्रवद्र्धकहरूमा बुद्धिमान थापा, प्रताप कार्की र नसिम कार्की हुन्। अस्पतालको अध्यक्षमा थापा रहेका छन्।

प्रकाशित: २०८३ बैशाख १० गते बिहिबार ०६:२९
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना