काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँका सुकुम्बासी बस्ती हटाउने विषयमा स्पष्टीकरण दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका सुकुम्बासीहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको बताएका छन्।
उनले आफूले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) नबिर्सिएको बताएका छन्। ती वाचा पूरा गर्न सरकारले आन्तरिक रूपमा तयारी गरिरहेको उनले बताएका छन्।



