काठमाडौं। अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सुरु गर्ने भएका छन्। सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन भने वैशाख १८ गतेदेखि सुरू हुनेछ।
२०७६ सालको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको हो। पहिलो श्रृंखलाकै टिमले ‘छ माया छपक्कै २’ निर्माण गर्न लागेको हो।
फिल्ममा निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन् । मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन्।
यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन्। ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ मा अभिनय गरिसकेकी उनको यो तेस्रो फिल्म हुनेछ।


