२०८३ कार्तिक १२ गते बुधबार

कच्चा तेलको भाउ घटे पनि ब्यारेलको अझै ११४ डलर माथि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १८
oil_price

एजेन्सी। पर्सियन खाडीमा रहेको होर्मुज जलमार्गमा जारी अवरोध अनिश्चित बन्दै गएपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १२६ डलर माथि पुगेको थियो।

तर, शुक्रबार भने केही घटेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ११४ डलर कायम भएको आयल प्राइसले जनाएको छ।

बिहीबार ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ब्यारेलको ८.१७ प्रतिशत बढेर १२६ डलर पुगेको थियो। होर्मुज जलमार्ग पुनः खोल्न असफल कूटनी प्रयासहरु पछाडि तेलको भाउ बढेको हो।

२०२२ मा रुस र युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि घटेर ब्यारेलको ५५ डलरमा आएको थियो।

आयल प्राइसका अनुसार वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई मा ब्यारेलको १०५.३ डलर कायम भएको छ। मुरवान क्रुडमा ब्यारेलको १०९.९ डलरमा झरेको छ।

इरान र अमेरिकाबीच तनाव बढ्दै जाँदा इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकासामु नझुक्ने संकेत गरेको छ।

इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी नहटाएसम्म परमाणु मुद्दामा कुनै पनि वार्ता नगर्ने अडान राखेको छ।

इरानले ओमानलाई साथमा लिएर स्ट्रेट अफ होर्मुजमा जहाजहरूबाट कर उठाउने र यमनका हुथी विद्रोहीहरूमार्फत बाब एल मन्डेब जलसन्धिमा दबाब सिर्जना गर्ने नयाँ रणनीति अपनाइरहेको विश्लेषण गरिएको छ।

तेहरानले फेब्रुअरीको अन्त्यदेखि होर्मुज हुँदै धेरैजसो गैरइरानी ढुवानीलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ। जबकि, वासिङगटनले धेरैजसो इरानीसम्बन्धित जहाजहरूलाई अवरुद्ध गरेर दबाब बढाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, ओपेक प्लसले आइतबारको बैठकमा दैनिक एक लाख ८८ ब्यारेल उत्पादन वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ।

युएईले मे १ देखि लागू हुने गरी उक्त समूह छोड्ने पुष्टि गरेको केही दिनपछि यो कदम आएको हो। यो निर्णयले समयसँगै ओपेक प्लसलाई कमजोर बनाउने निश्चित छ।

 

प्रकाशित: २०८३ बैशाख १८ गते शुक्रबार ०८:२३
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना