२०८३ कार्तिक १३ गते बिहिबार

१५९४ पदाधिकारी एकैपटक पदमुक्त, अब कसरी हुन्छ नयाँ नियुक्ति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
ChatGPT Image May 5, 2026, 03_53_34 PM (1)

काठमाडौँ: सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दै विभिन्न सार्वजनिक निकाय, संस्थान, परिषद् र विश्वविद्यालयमा कार्यरत करिब १ हजार ५ सय ९४ पदाधिकारीहरूलाई सामूहिक रूपमा पदमुक्त गरेको छ। २०८२ चैत १२ गतेभन्दा अघि नियुक्त भएका सबै राजनीतिक तथा मनोनयन गरिएका पदाधिकारीहरू यो अध्यादेशसँगै स्वतः पदमुक्त भएका हुन्।

अध्यादेशको अनुसूचीमा उल्लेख भएअनुसार नेपालका लगभग सबै प्रभावशाली सार्वजनिक निकायको नेतृत्व अहिले खाली भएको छ। जसमा प्रमुख रूपमा सञ्चार क्षेत्रअन्तर्गत गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), सञ्चार संस्थान (रेडियो नेपाल) का अध्यक्ष तथा सञ्चालकहरू, आर्थिक क्षेत्रअन्तर्गत कर्मचारी सञ्चय कोषका प्रशासक, नागरिक लगानी कोषका सञ्चालक, बीमा ऐन र धितोपत्र बोर्ड अन्तर्गतका पदाधिकारी, स्वास्थ्य तथा शिक्षा क्षेत्रअन्तर्गत नेपाल मेडिकल काउन्सिल, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्का पदाधिकारीहरूका साथै त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय लगायतका उपकुलपति, रजिस्ट्रार र सेवा आयोगका सदस्यहरू तथा पर्यटन र संस्थान नेपाल वायुसेवा निगमका अध्यक्ष र महाप्रबन्धक, नेपाल पर्यटन बोर्ड, नेपाल विद्युत् प्राधिकरण र लुम्बिनी विकास कोषका पदाधिकारीहरूलगायत पदमुक्त भएका छन्।

अध्यादेशले पदमुक्त मात्र गरेको छैन, विभिन्न ऐनका प्रावधानहरूमा संशोधन गर्दै नयाँ नियुक्तिका लागि बाटो समेत सहज बनाएको छ।

धेरैजसो निकायमा अब पदाधिकारीको पदावधि ४ वर्ष तोकिएको छ। पहिलेको ऐनमा रहेका पाँच वर्ष वा तोकिएको अवधि भन्ने शब्दहरू हटाएर एकरूपता ल्याइएको छ।

पदमुक्त भएकाहरूको ठाउँमा सम्बन्धित मन्त्रालयले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनेछन्। राजनीतिक नियुक्तिका हकमा सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा नाम प्रस्ताव गर्नेछ र मन्त्रिपरिषद्को बैठकले नयाँ नियुक्ति गर्नेछ।

विश्वविद्यालयका उपकुलपति (भीसी) र संस्थानका कार्यकारी प्रमुख (सीईओ/जीएम) हरूको नियुक्तिका लागि सरकारले छुट्टै छनोट समिति गठन गर्ने अभ्यास छ। संशोधित व्यवस्थाअनुसार अब सरकारले आफ्नो अनुकूलका विज्ञहरू समेटेर नयाँ मापदण्डका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ।

संशोधित कतिपय ऐनमा कार्यविधि सकिएपछि पुनः निर्वाचित वा नियुक्त हुन सक्ने प्रावधान थपिएको छ। यसले सरकारलाई आफ्ना निकटका व्यक्तिहरूलाई लामो समयसम्म टिकाइराख्न कानुनी आधार दिएको छ।

प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार ०३:५२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना